मकवानपुरका १० स्थानीय तहको बजेट ८ अर्ब २३ करोड
मकवानपुर । जिल्लाका सबै १० स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०७८÷७९ कालागि आफ्नो बजेट सार्वजनिक गरेको छ ।
असार १० गते भित्रै बजेट सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्थामा रहेकाले हिजो अन्तिम दिन १० स्थानीय तहहरुले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन् ।
हिजो सार्वजनिक बजेटहरुमा जिल्लाका सबै स्थानीय पालिकाहरुले जम्मा ८ अर्ब २३ करोड ४२ लाख ३९ हजार ६२ रुपैयाँ ८४ पैसाको बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँकोबजेट प्रस्तुत गरेको छ ।
हिजो प्रस्तुत बजेटमा थाहा नगरपालिकाले ९५ करोड ६४ लाख ३२ हजार रूपैयाँ, इन्द्रसरोवर गाउँपालिकाले ३८ करोड ४१ लाख रुपैयाँ, मनहरी गाउँपालिकाले ८३ करोड ६७ लाख ४६ हजार रुपैयाँ, भीमफेदी गाउँपालिकाले ६५ करोड ४१ लाख ९९ हजार रुपैयाँ, बागमती गाउँपालिकाले ५३ करोड ६६ लाख ९३ हजार रुपैयाँ, राक्सिराङ गाउँपालिकाले ५४ करोड ७३ लाख २० हजार ८ सय ४३ रुपैयाँ ८८ पैसा, बकैयाँ गाउँपालिका– ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ ९६ पैसा, मकवानपुरगढी गाउँपालिका– ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाँ र कैलाश गाउँपालिकाले ४५ करोड ९६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।











