कोरोनाका कारण जिसस मकवानपुरकी सदस्य स्याङ्तानको निधन

हेटौडा न्युज
१३ असार २०७८, आईतवार ०९:४६
;

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सानीकान्छी स्याङ्तानको कारोना संङक्रमणका कारण निधन भएको छ ।

राक्सिराङ गाउँपालिका वडा नंबर ३ की सदस्य समेत रहेकी स्याङ्तानको आज बिहान आफ्नै घरमा मृत्यु भएको राक्सिराङ गाउँपालिकाका प्रवक्ता रामकृष्ण प्रजाले जानकारी दिए ।

अस्पतालमा उपचार गर्दा समेत संक्रमण मुक्त नभएपछि केहिदिन अघि घर ल्याएर राखिएको सदस्य स्याङ्तानको आज बिहान निधन भएको प्रवक्ता प्रजाले बताए । उनलाई एक महिना अघि संक्रमण पुष्टि भएको थियो ।

संङक्रमण पुष्टि भएपछि उपचार गर्न गाउँपालिकाको आइसोलेसन , हेटौंडा अस्पताल हुदै भरतपुर रिफर गरिएको थियो । उनको उपचार कतै सम्भव नभएपछि घरमा ल्याईएको थियो ।

गएको स्थानीय चुनावमा राक्सिराङ गाउँपालिका वडा नंबर ३ बाट महिला सदस्यमा निर्वाचित भएर स्याङ्तान जिल्ला समन्वय समितिको सदस्य पदमा नेकपा एमालेबाट निर्वाचित भएकी थिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*