आजबाट खुले मकवानपुरका सरकारी कार्यालय

हेटौडा न्युज
१३ असार २०७८, आईतवार १०:०६
;

मकवानपुर । जिल्लामा आजदेखि सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित सुचारु भएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको जिल्ला जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ ।

उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरुलाई परिपत्र दिईए अनुसार आजबाट सबै सरकारी कार्यालयहरु सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यलय मकवानपुरका सुचना अधिकारी देबचन्द्र गर्तौलाले जानकारी दिए ।

कार्यालयबाट प्रवाह हुने सेवाहरुको वर्गिकरण गरी सेवा प्रवाह गरीने व्यवस्था गरीएको सुचना अधिकारी गर्तौलाले जानकारी दिए । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेपछि प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण करिब दुई महिना देखि सरकारी कार्यालय बन्द रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*