पहिरोका कारण अवरुद्ध सडक सुचारु
मकवानपुर । शनिबार अविरल वर्षका कारण गएको पहिरोले अवरुद्ध भएको भिमफेदी–सिस्नेरी काठमाडौं सडक खण्ड आईतबारबाट सञ्चालनमा आएको छ ।
शनिबार बिहानको अबिरल वर्षाका कारण पहिरो गएपछि भिमफेदी–सिस्नेरी काठमाडौं सडक खण्ड अवरुद्ध भएको थियो ।
आज आईतबार बिहान भिमफेदी–सिस्नेरी काठमाडौं सडक खण्ड अन्तर्ग जुरिखेत र साउनेखोल्सीको पहिरो हटाएपछि उक्त सडक खण्ड संचालनमा आएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।










