बेरोजगार युवा संगठनले गर्यो उपाध्यक्ष चौलागाईलाई सम्मान

हेटौडा न्युज
१३ असार २०७८, आईतवार १२:२७
;

मकवानपुर । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाइ मकवानपुर बेरोजगार युवा संगठनले स्वागत तथा सम्मान गरेको छ ।

आज आईतबार एक कार्यक्रमको आयोजना गरी नवनियुक्त कार्यकारी उपाध्यक्ष चौलागाईलाई बेरोजगार युवा संगठनल स्वागत गर्दे सम्मान गरेको हो । चौलागाईलाई सम्मान गर्दे मकवानपुर बेरोजगार युुवा संगठनका अध्यक्ष सुरेश बेरोजगारले प्रदेश युवा परिषद्ले युवालाई रोजगारीको अवसर सिर्जना गर्न सहयोग गर्नुपर्ने बताए ।

सम्मान ग्रहणपछि बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवाको दक्षता विकास र उनीहरुलाई सम्मानजनक रोजगारीको अवसरका लागि प्रदेश युवा परिषद्ले आवश्यक रणनीति बनाई काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा मकवानपुर बेरोजगार युुवा संगठनका अध्यक्ष उपाध्यक्ष सुनिल लोप्चन , हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी लगाएतकाको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*