आईतबार हेटौंडामा ४४ जनाले गरे रक्तदान
मकवानपुर । हेटौंडामा आईतबार ४४ जनाले रक्तदान गरेका छन् ।
आइतबार मकवानपुर वहुमुखी क्याम्पस परिसरमा भएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका हुन् ।
रंक्तसंचार केन्द्र हेटौंडा शाखाको समन्वयमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले रक्तदानको आयोजना गरेको हो ।
पछिल्लो समय मकवानपुरमा विभिन्न संघसंस्थाहरुले रक्तदान कार्यक्रम गर्दे आएका छन् ।










