अबैध काठ र ट्रिप्पर सहित ३ जना पक्राउ

हेटौडा न्युज
१३ असार २०७८, आईतवार १४:५९
;

मकवानपुर । प्रहरीले ५१ दशमलव ६० क्युफिट अबैधकाठ र ट्रिप्पर सहित ३ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरीटोलीले ५१.६० क्युफिट अबैध काठसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रिप्पर चालक मनहरी गाउँपालिका वडा नं. ७ बिजौना बस्ने २५ वर्षिय बाबुलाल मोक्तान, सोही ट्रिप्परमा सवार २६ वर्षिय राजु प्रजा र २६ वर्षिय निशान प्रजा रहेको प्रहरीले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानी स्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा मनहरी तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ना ४ ख ५५०१ नं. को ट्रिपरलाई चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको अबैध सालको काठ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अवैध काठ र ट्रिपर सहित ३ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*