एघार महिनामा बागमती प्रदेश सरकारको खर्च ४६ प्रतिशत

हेटौडा न्युज
१३ असार २०७८, आईतवार १५:५६
;

मकवानपुर । चालु आर्थिक वर्ष २०७७÷७८ को ११ महिनाको अवधिमा प्रदेश सरकारले कुल बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको करिब ४६ प्रतिशत मात्र खर्च गरेको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा विनियोजन गरिएको पुँजीगत तर्फ २६ अर्ब ५३ करोड ५५ लाख रुपैयाँमध्ये जेठ मसान्तसम्म ३६ दशमलव १६ प्रतिशत अर्थात् ९ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ मात्र खर्च गरेको हो ।

यस्तै चालुतर्फ २२ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ बजेट रहेकोमा ४८ दशमलव ६५ प्रतिशत अर्थात् ११ अर्ब १३ करोड ९२ लाख रुपैयाँ मात्रै खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी राजेन्द्र पाण्डेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*