सभामुख श्रेष्ठद्वारा निर्माणाधीन प्रदेशसभा भवनको निरीक्षण

हेटौडा न्युज
१३ असार २०७८, आईतवार १७:१२
;

मकवानपुर । बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले निर्माणधीन प्रदेशसभा भवनको निरीक्षण गरेका छन् ।

आईतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र सचिव कृष्णहरी खड्काले निर्माणाधीन बागमती प्रदेश सभा भवनको निरीक्षण गरेका हुन् ।

तत्कालीन मध्यामाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा अस्थायी रुपमा बसिरहेको संसद भवन र प्रदेश सभा सचिवालयले भवन निर्माण सुरु गरेको थियो ।

४ करोड ३७ लाखमा प्रदेश सभा हलको निर्माण सम्झौता भई काम सुरु भएको हो । २०७९ वैशाख २१ गतेसम्म भवनको निर्माण सम्पन्न गर्नेुपर्ने गरी सम्झौता गरीएको छ ।

प्रदेश सभाहलमा २ सय ५० जना अट्ने क्षमता रहेको छ । सभाहल एक सय ४० मिटर लम्बाइ र ८० फिट चौडाइ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*