मुख्यमन्त्री पौडेलद्वारा मदन–आश्रितको शालिक अनावरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित दिव्य बालउद्यानमा निर्माण गरीएको मदन–आश्रितको शालिक अनावरण गरिएको छ ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा सोमबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दिव्य बालउद्यानमा निर्माण गरीएको मदन भण्डारी र जीवराज आश्रितको अर्धकदको शालिक अनावरण गरी माल्यार्पण गरेका हुन् ।
मुख्यमन्त्री पौडेलले दिव्य बालउद्यानमा पार्कमा वृक्षरोपण समेत गरेका छन् । पार्क निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने मुख्यमन्त्री पौडेलले बताए ।










