मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेश सरकारको ड्रिम प्रोजेक्ट : मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेश सरकारको ड्रिम प्रोजेक्ट रहेको बताएका छन् ।
सोमबार प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले प्रतिष्ठानलाई ड्रिम प्रोजेक्टको रुपमा अघि बढाएको बताएका हुन् ।
मुख्यमन्त्री पोडेलले प्रतिष्ठानबाट उत्पादन हुने जनशक्तिलाई रोजगारदाताले खोज्दै आउने तर्क गरे ।
स्थापनाको एक वर्षमै प्रतिष्ठानले अध्यापनको अनुमति प्राप्त गरेको भन्दै अझै तिव्र गतिका साथ काम गर्ने उनले दाबी गरे ।
आगामी वर्षहरुमा एमबिबिएसको समेत अध्यापन गराउने बताउदै मुख्यमन्त्री पौडेलले हेटौंडा अस्पताललाई पाँच सय शैयाको अस्पतालका रुपमा बिकास गरीने बताए ।










