प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
मकवानपुर । जिल्लामा क्रियाशील दलित अधिकारवादी संघसंस्थाले जातीय विभेद विरुद्ध प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दे मकवानपुरमा क्रियाशील दलित अधिकारवादी संघसंस्थाले जापतय विवेद विरुद्ध मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाईएको बताएको हो ।
काठमाडौंमा पत्रकारिता पेशा गर्दै आएकी रुपा सुनारलाई बबरमहलकी घरबेटी सरस्वती प्रधानले दलित भएकै कारण कोठाभाडा दिन अस्वीकार गरेको विषयमा जातिय विवेद भएको भन्दै विभिन्न ५ बुदेँ माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा रुपा सुनारको कोठाभाडा विषयको उचित छानविन गरी न्याय दिनुपर्ने , प्रहरीको नियन्त्रणमा रहेको आरोपीलाई संरक्षण गर्ने शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई कार्वाही गनुपर्ने , देशब्यापीरुपमा भैरहेका जातिय विभेदका घटनाको छानविन गरी दोषीलाई कावार्ही गरीनुपर्ने लगाएतका माग गरीएको छ ।










