बागमती प्रदेश सभाको बैठक बिहिबार बस्ने
मकवानपुर । बागमती प्रदेश सभाको बैठक बिहिबार बस्ने भएको छ ।
आज मंगलबार एक सुचना जारी गर्दे प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले असार १७ गते बिहिबार दिउसो ३ बजेका लागी प्रदेश सभाको बैठक आह्वान गरीएको जानकारी दिए ।
असार १ गते प्रदेश सभामा सरकारले बजेट प्रस्तुत गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको थियो ।










