हेटौंडा उपमहानगरको बजेट पारित

हेटौडा न्युज
१५ असार २०७८, मंगलवार १७:४६
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम र बजेट पारित भएको छ ।

मंगलबार बसेको नगरसभा बैठकले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट पारित गरेको हो । असार १० गते उपमहामनगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेको थियो ।

मंगलबार नगरसभाको बैठकमा सभाका सदस्यहरुले बजेट माथी आफ्ना धारणा राखेपछी बजेट पारित गरिएको हो । उपमहानगरले आर्थिक वर्ष २०७८÷०७९ का लागी २ अर्ब ६० करोड १५ लाख बजेट विनियोजन गरिएको छ ।

निति तथा कार्यक्रम र बजेटमाथी नगरसभाका सदस्यहरुले दिएका सुझावलाई कार्यान्यन गरेर अघि बढ्ने उपमहानगरपालिकाका मेयर हरीबहादुर महतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*