मकवानपुरमा थप ७२ जनामा कारोना पुष्टि
मकवानपुर । बिहिबार मकवानपुरमा ७२ जनामा कारोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९० जनाको पिसिआर र ५६ जनाको एन्टिजेन गरी जम्मा एक सय ४६ जनाको कोरोना परिक्षण गर्दा ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा ११ हजार १ सय १९ जनामा कोरोना पुष्टि भएकोमा १० हजार २६ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा एक हजार ९३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय २९ जनाको मृत्यु भएको छ ।










