प्रदेशसभामा समय मागेर मन्त्री पाण्डेले गरे ब्रिफिङ

हेटौडा न्युज
१७ असार २०७८, बिहीबार १७:३८
;

मकवानपुर । सिन्धुपाल्चोकमा असार १ गतेको बाढी पहिरोले २ सय ९३ घर परिवार विस्थापित भएका छन् ।

बिहिबार बागमती प्रदेशको प्रदेश सभा बैठकबमा समय मागेरै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेले सार १ गतेको बाढी पहिरोले २ सय ९३ घर परिवार विस्थापित भएको जानकारी दिएका हुन् ।

यस्तै बाढी पहिराकै कारण सो क्षेत्रका ४ सय ९४ घर परिवार जोखिममा परेको मन्त्री पाण्डेले जानकारी दिए । सिन्धुपाल्चोकको बाढी तथा पहिरोमा परी चिनियाँ नागरिक २ जना , भारतीय नागरिक २ जना र एक जना नेपाली नागरिकको ज्यान गएको उनले बताए ।

हालसम्म सो क्षेत्रमा २० जना सम्पर्क बिहिन रहेको बताए । मन्त्री पाण्डले बाढी आइरहेको अवस्थमा सेना,प्रहरी तथा स्थानीयको सहयोगमा १ सय २३ जनाको उद्धार गरिएको र ५ जना घाईते भएको र हाल उपचार पछि स्वास्थ्य अवस्था सामान्य भएको बताए ।

मन्त्री पाण्डेले सिन्धुपाल्चोकको बाढी तथा पहिरोबाट प्रभावितहरुको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत स्वास्थ्य शिविर संचालन गरिएको जानकारी दिए । उनले प्रभावितहरुको लागि तत्काल प्रदेश सरकारबाट ५० थान टेण्ड र १ सय थान त्रिपाल पठाईएको जानकारी गराए ।

मन्त्री पाण्डेले प्रदेश विपत्त व्यवस्थापनको बैठक बसेर मेलम्ची हेलम्बु क्षेत्र लगाएतमा उद्धार सामग्री तथा खाद्यन्न पुर्याउने काम गरेको बताए । त्यसैगरि मन्त्री पाण्डले बैठकमा प्रदेशस्तरीय तत्काल विपत्त व्यवस्थापनको लागि प्रदेश सरकारले ५ करोड रुपँया दिने निर्णय गरेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*