बागमती प्रदेश सभामा बजेटमाथि छलफल
मकवानपुर । बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७८÷०७९ को बजेटमाथि छलफल भएको छ ।
बिहीबार दिउँसो बसेकोे बैठकमा २०७८÷०७९ को बजेटमाथि छलफल भएको हो । बैठकमा प्रदेश सभाका सदस्यहरुले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमाथि आफ्नो धारणा राखेका थिए ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले छलफलमा उठेका प्रश्नको शुक्रबार जवाफ दिने भएका छन् ।
सभामुख सानुकुमार श्रेष्ठले बिहिबारको छलफललाई स्थगित गरी शुक्रबार १२ बजेका लागी प्रदेशसभाको बैठक बोलाएका छन् ।











