बाढीले भत्कायो फलामे पुल
मकवानपुर । बाढीका कारण मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर ५ को अस्थायी फलामे पुल भत्किएको छ ।
निरन्तर वर्षाको कारण गएराति मकवानपुरगढी गाउँपालिकाको ज्यामिरे खोलामा आएको बाढीले अस्थायी फलामे पुल भत्काएको हो ।
मकवानपुरगढी–५ को सिमल्टार र कालिवन जोड्ने उक्त फलामे पुल गएराति ज्यामिरे खोलामा आएको बाढीले भत्तकाएपछि सिमलटार र कालिवन बासिन्दनालाई आवत जावत गर्न समस्या परेको छ ।










