नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक सकियो अर्को बैठक शनिबार
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठक शुक्रबार बसेको छ ।
प्रदेशका मुख्यमन्त्री एवम् दलका नेता मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठक सरकारले प्रस्तुत गरेको बजेटमाथि केन्द्रित रहेको थियो । बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले सरकारले ल्याएको बजेट एबम् बिकास निर्माणका बिषयमा प्रष्ट पारे । यस्तै नेता राजेन्द्र पाण्डेले सम्बोधन गर्दैै तुलनात्मक रुपमा आव २०७८÷७९ को बजेट सन्तुलितरुपमा बजेट आएको बताए ।
उनले बजेट सन्तुलित बनाउन सरकारले बिषेश भुमिका निर्बाह गरेको बताए । प्रस्तुत बजेटमा केहि कमी कमजोरी हुन सक्ने भन्दै कमी कमजोरी सच्याउन सकिने भन्दै आगामी दिनमा सच्याउँदै अगाडि बढ्न सकिने नेता पाण्डेले तर्क गरे । सरकारले धेरै राम्रा काम गरेको र त्यसको बिषयमा प्रदेश सभामा आज हुने बजेट माथिको छलफलमा र बजेट सन्तुलितरुपमा रहेकोले यसको पक्षमा उभिन एमालेका प्रदेश सभा सदस्यहरुलाई नेता पाण्डेले आग्रह गरे ।
यसैगरी प्रदेशमा प्राकृतिक प्रकोप बाढी पहिरोबाट मानबिय तथा भौतिक क्षति भएकोप्रती दलले दुख व्यक्त गरेको छ । प्राकृतिक प्रकोपबाट मृत्यु भएका ब्यक्तिहरुप्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै सरकारले गरेका राहत तथा उद्दारका कार्यको प्रसंसा गरेको छ ।
यसैगरी बैठकले मानब विकास सुचाँकमा बागमती प्रदेशको सबै भन्दा पछाडि १ सय १९ औं स्थानमा रहेको रुबिभ्याली गाउँपालिकाको केन्द्र सेतुङ्गसम्म सडक पु¥याउने लक्ष्यका साथ सडक निर्माण गर्ने सरकारी कामको क्रममा पहिरो खसी दुर्घट्नामा डोजरका अपरेटर र सहचालक राजु पराजुली र जोजो तामाङको मृत्यू भएको र मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनप्रति गहिरो समबेदना प्रकट गर्दै मृतकको परिवारलाई सहयोग गर्न बागमती प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेकोे मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।
भोली बिहान ८ बजे बस्ने गरी बैठक स्थगन भएको उनले जानकारी दिए ।










