उपमहानगरमा शिक्षकहरुको धर्ना
मकवानपुर । नेपाल शिक्षक महासंघ स्थानिय आन्दोलन परिचालन हेटौंडा उपमहानगर समितिले आज शुक्रबार उपमहानगरपालिकामा धर्ना कार्यक्रम गरेको छ ।
नेपाल शिक्षक महासंघले देशव्यापीरुमा स्थानिय तहमा गर्ने धर्ना कार्यक्रम अन्र्तगत आज शुक्रबार हेटौंडा उपमहानगरपालिकामा धर्ना दिएका हुन् ।
नेपाल शिक्षक महासंघले २३ सुत्रिय माग राख्दै स्थानिय सरकारले शिक्षकलाई अन्य सरकारी कर्मचारी सरह सेवा सुविधाको लागि पहल गर्न माग गरेको छ ।
शिक्षकहरु पनि राष्ट्रसेवक कर्मचारी भएको भन्दै अन्य कर्मचारी सरह सेवा सुविधा पाउनुपर्ने नेपाल शिक्षक महासंघले माग गरेको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेशका सदस्य तथा मकवानपुर जिल्ला सचिव कृष्ण प्रसाद खनालले शिक्षकहरुलाई राज्यले विभेद गरेको भन्दै अन्य सरकारी कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने बताए ।
उनले केन्द्रिय समितिको सकुर्लर अनुसार सरकारलाई दबाब दिन आज शुक्रबार देशभरी पालिका स्तरमा धर्ना कार्यक्रम गरीएको बताए । उनले शिक्षकहरुलाई सरकारले हालसम्म पनि कोभिडको खोप उपलब्ध नगराएको भन्दै राज्यले शिक्षकहरुलाई विभेद गरेको तर्क गरे ।
कोभिडका कारण शिक्षकहरुको मृत्यु भैरहदाँ समेत सरकार मौन रहेको उनले आरोप लगाए । शिक्षकहरुका माग सरकारले सम्बोधन नगरे भौतिक रुपमा उपस्थित भएर आन्दोलन गर्ने चेतावनी समेत दिए ।










