शनिबार मकवानपुरमा ५६ जनामा कोरोना पुष्टि
मकवानपुर । शनिबार मकवानपुरमा ५६ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८४ जनाको पिसिआर र दुई सय २५ जनाको एन्टिजेन गरी जम्मा ३ सय ९ जनाको कोरोना परिक्षण गर्दा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा ११ हजार २ सय ३५ जनामा कोरोना पुष्टि भएकोमा १० हजार २ सय १३ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ८ सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३० जनाको मृत्यु भएको छ ।










