मकवानपुरमा असार ३१ गतेसम्म लम्बियो निषेधाज्ञा
मकवानपुर । कोरोना भाइरस संक्रमण न्युनिकरण गर्न पछिल्लो २ महिनादेखि मकवानपुरमा जारी गरीएको निषेधाज्ञा लम्ब्याईएको छ ।
पछिल्लो पटक खुक्लो गर्दे थप गरिएको निषेधाज्ञा असार २१ गते राति १२ बजे सकिँदै छ । जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या नघटेको भन्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले जारी निषेधाज्ञालाई थप गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्लास्तरीय कोभिड–१९ व्यस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले कोभिडको जोखिम अझै रहेकालाई असार ३१ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रशासन कार्यालयका सुचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
प्रशासनले जिल्लामा हाल निजि सवारी जोरविजोर प्रणालीमा संचालन र खाद्यनका पसल तथा अन्य प्रकारका पसलहरुलाई समय छुट्टाएर संचालन गर्न दिएको छ । प्रशासनले खाद्यन्नको पसल बिहान १० बजे सम्म र अन्य प्रकारका सबैखाले पसलहरु दिउँसो १२ बजेबाट ४ बजेसम्म संचालन गर्न अनुमति दिएको छ ।
तर सार्वजनिक यातायात भने सञ्चालन गर्न दिईएको छैन् । बैठकले कोभिडको जोखिम अझै रहेकालाई असार ३१ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रशासन कार्यालयका सुचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।










