सुधार केन्द्रका सञ्चालक लागूऔषध गाँजा सहित पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको एक सुधार केन्द्रका सञ्चालक लागूऔषध गाँजा सहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा हेटौंडा–९ लामसुरेमा रहेको दिपकला प्रतिष्ठान सुधार केन्द्रका सञ्चालक हेटौंडा– ४ बस्ने ३५ बर्षीय राजिब नरसिंह श्रेष्ठ तथा हेटौंडा–९ बस्ने २८ बर्षीय जोएल श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको टोलीले उनीहरुलाई ३ ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।










