आईतबार मकवानपुरमा १६ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२० असार २०७८, आईतवार १५:३०
;

मकवानपुर । आईतबार मकवानपुरमा १६ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३६ जनाको एन्टिजेन परिक्षण गर्दा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा ११ हजार २ सय ५१ जनामा कोरोना पुष्टि भएकोमा १० हजार २ सय ७८ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ८ सय ४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*