हेटौंडामा प्रशासनको अनुगमन २ वटा भाँडा पसलेलाई कार्वाही

हेटौडा न्युज
२१ असार २०७८, सोमबार १२:१२
;

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार हेटौंडा बजारको अनुगमन गरेको छ ।

जिल्लामा निषेधाज्ञा जारी गरीएका बेला तोके अनुसारको समयमा उल्लेखित व्यवसाय मात्रै संचालन गर्न भनिएको छ । तर व्यवसायीहरुले प्रशासनको आदेशको अवज्ञा गरी व्यवसाय सञ्चालन गरेपछि सोमबार प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकृत गुणराज न्यौपाने, सहदेव आचार्य र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासको संयुक्त टोलीले बजार अनुगमन गर्दा पिपलबोटका २ वटा भाँडा पसल तोकेको भन्दा फरक समयमा खोलेको भेटिएको हो ।

उक्त भाँडा पसलका सञ्चालकहरुलाइ नियन्त्रणमा लिई कारवाहीका लागि प्रशासन कार्यालय पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*