एमाले र माओवादी परित्याग गरी ३५ जना कांग्रेसमा प्रवेश
मकवानपुर । नेकपा एमाले र माओवादी पार्टी परित्याग गरी ३५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
हेटौंडा १५ साविक चुरियामाई ६ का पूर्व वडा अध्यक्ष मन्तसिं योञ्जन र युवा व्यवसायी सञ्जयकुमार लामाको नेतृत्वमा हेटौडा १२ र १५ का एमाले र माओबादीका ३५ जना सोमबार कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले टीका लगाएर पार्टीको सदस्यता दिई नवप्रवेशीहरुलाई स्वागत गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बानियाँले कांग्रेसमा लागेर कसैले पनि पछुताउन नपर्ने बताउँदै क्षमता, दक्षता र लगनशिलताको आधारमा पार्टीमा उचित स्थान दिईने बताए ।










