१ सय ५० ट्याब्लेट लागूऔषध नाईट्रोभेट सहित ४ जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ५० ट्याब्लेट लागूऔषध नाईट्रोभेट सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने २३ वर्षीय बिवेक न्यौपाने, वडा नम्बर ५ बस्ने १९ वर्षीय एडी चौधरी, काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका घर भई मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २० वर्षीय सुरज लामा र सिन्धुली जिल्ला मरिन गाउँपालिका घर भई मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने २३ वर्षीय बिशाल कुमार वाईवा रहेका छन् ।
उनीहरुलाई सोमबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा लागुऔषधको कारोवार गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ सय ५० ट्याब्लेट लागूऔषध नाईट्रोभेट फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।










