बागमती प्रदेश सरकारले चरिकोट अस्पतालमा डायलेसिस सेवा सञ्चालन गर्ने

हेटौडा न्युज
२२ असार २०७८, मंगलवार १८:१२
;

मकवानपुर । मृगौलाका रोगीहरुलाई बागमती प्रदेश सरकारले चरिकोट अस्पतालमा पनि डायलेसिस सेवा सञ्चालन गर्ने भएको छ ।

प्रदेश मातहतका सबै अस्पतालहरुमा डाइलाइसिस सेवा सञ्चालनमा ल्याउने प्रदेश सरकारको निति अनुरुप चरिकोट अस्पतालमा डाइलेसिस मेसिन जडान गर्ने भएको हो ।

डायलाइसिसको मेसिन तथा औजार खरिद गरिसकेकोले एक हप्ताभित्र जडान गरिसक्ने सामाजिक बिकास मन्त्रालयका अस्पताल तथा चिकित्सा सेवा महाशाखाका डाक्टर रबिन भुषालले जानकारी दिए ।

प्रदेशको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले ४ वटा हेमोडायलेसिस मेसिन, ६ वटा शैया, तथा अन्य आवश्यक मेसिनहरु खरिद गरिसकेको जनाएको छ । यसअघि असार १४ गतेदेखि प्रदेश सरकारले आफ्नो मातहतको हेटौंडा अस्पतालमा ८ वटा हेमोडायलाइसिस मेसिन जडान गरि सेवा सुचारु गरेको थियो ।

चरिकोट अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्न सामाजिक बिकास मन्त्रालयले १ करोड बजेट छुट्याएको थियो ।

यस्तै आर्थिक बर्ष २०७८–०८९ मा प्रदेश मातहतका सेवा दिन बाँकी सबै अस्पतालहरुमा डायलाइसिस सेवा सञ्चालन गर्ने सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*