मंगलबार हेटौंडाका १ हजार ३ सय ७१ जनाले लगाए भेरोसिल खोपको दोस्रो डोज

हेटौडा न्युज
२२ असार २०७८, मंगलवार १८:४३
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा १ हजार ३ सय ७१ जनाले भेरोसिल खोपको दोस्रो डोज लगाएका छन् ।

मंगलबार उपमहानगरपालिकाका २० वटा स्वास्थ्य चौकीमा खोप कार्यक्रम सञ्चालन गरीएको थियो । कोरोना भाईरस कोभिड १९ विरुद्धको चिनिँया खोप भेरोसिलको दोस्रो डोज लगाईएको हो ।

खोप कार्यक्रममा उपमहानगरपालिकाका १ हजार ३ सय ७१ जनाले भेरोसिल खोपको दोस्रो डोज लगाएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । उपमहानगरपालिकामा भेरोसिल खोपको पहिलो डोज २ हजार २ सय ३० जनाले लगाएका थिए ।

भेरोसिल खोपको दोस्रो डोज लगाउन बाँकी ८ सय ५९ जनालाई बुधबार खोप लगाईने जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*