तोकिएको भन्दा बढी भाडा लिने ४ वटा सवारीलाई कार्वाही
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले यात्रुसँग बढी भाडा लिने ४ वटा सवारी साधनलाई कार्वाही गरेको छ ।
असार २३ र २४ गते यात्रुहरुलाई विभिन्न गन्तब्यमा पु¥याईदिन्छु भन्दै तोकिए भन्दा बढी भाडा लिने ४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बा १५च.८०६५ नम्बरको स्कारपियो ,बा प्र ०२–०३–००१ ज ००४४ नम्बरको विन्गर, ना १ ज २४६६ नम्बरको माईक्रो र ना १ ज ७९०७ नम्बरको सुमो लाई नियन्त्रणमा लिई आवश्यक कार्वाही गरीएको प्रहरीले जनाएको छ ।










