कुलेखानी – सिस्नेरी सडकखण्ड सञ्चालनमा
मकवानपुर । हेटौंडा बाट काठमाडौं प्रवेश गर्नेे मार्ग भिमफेदी– कुलेखानी – सिस्नेरी सडकखण्ड सञ्चालनमा आएको छ ।
विगत एक हप्ता अघिको अबिरल वर्षाका कारण गएको पहिरोका कारण ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ टेकर स्थित खहरेमा रहेको हुमपाइप बगाएपछि अबरुद्ध बनेको सडकखण्ड मर्मत गरेपछि बिहीबार दिउँसोबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
यस्तै कुलेखानी – फाखेल तर्फको सडकखण्ड भने सोमबारबाट नै संचालनमा आइसकेपनी पुन अवरुद्ध भएको र सो सडक समेत बिहीबारबाट सञ्चालनमा आएको उनले बताए ।
यता लगातारको बर्षाका कारण गएको पहिरोले अबरुद्ध बनेको कान्तिलोकपथ सडकखण्ड अझै संचालनमा आउन सकेको छैन ।










