सक्रिय सङ्क्रमित ५ सय भन्दा कम नभए निषेधाज्ञा कायम रहन्छ: प्रजिअ पाण्डे
मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सक्रिय सङ्क्रमित ५ सय भन्दा कम नभए सम्म निषेधाज्ञा कायर्म रहने बताएका छन् ।
बिहिबार विभिन्न व्यवसायीहरुसंगको भेटघाटमा बोल्दै प्रजिअ पाण्डेले जिल्लामा ७ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेको अवस्थामा निषेधाज्ञा अझै कायम रहने बताएका हुन् । बिहिबार मकवानपुरका विभिन्न व्यवसायीहरुले व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेसँग माग गरेका थिए ।
बिहीबार प्रमुख जिल्ला अधिकारी पाण्डेको कार्यकक्षमा पुगेर व्यवसायीक संघको अध्यक्षहरुले व्यवसायी र सहयोगीलाई खोपको व्यवस्थापन गर्न, व्यवसायी तथा उद्योगीहरुलाई बैंकको ब्याज तथा किस्ता भुक्तानी र घर भाडा छुटको व्यवस्था गर्ने माग राखेका हुन् ।
प्रजिअ पाण्डेले व्यवसायीहरुलाई खोप लगाउन सकारात्मक भएको बताए । उनले मदिरा, यातायात बाहेक अन्य व्यवसायहरु निश्चित समय खोल्न दिइएको भन्दै त्यसैलाई व्यवस्थापन व्यवसायलाई आग्रह गरे ।
सरकारले मदिरा, शैलिन, ब्यूटपार्लर, मनोरञ्जन सरकारले नेगेटिभ लिस्टमा राखेकोले तत्काल नखुल्ने बताए । आउँदो साउन १ गतेदेखि व्यवसाय खोल्ने समय केही हेरफेर हुन सक्ने उनले बताए ।











