मकवानपुरमा आईतबारबाट सार्वजनिक यातायात सञ्चालन

हेटौडा न्युज
२४ असार २०७८, बिहीबार १८:०९
;

मकवानपुर । जिल्ला प्रशासन कार्यलय मकवानपुरले असार २७ गते आईतबारबाट जिल्ला भित्र सार्वजनिक सवारी संचालन गर्न अनुमति दिएको छ ।

बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापनले आईतबारबाट सार्वजनिक सवारी संचालन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ । २ महिना देखि यातायात बन्द हुँदा यातायात ब्यवसायी मारमा परेका छन् ।

 

यसअघि प्रशसनले निजि सवारी संचालन गर्न अनुमति दिएसंगै यातायात ब्यवसायीहरुले स्वाथ्य मापदण्ड पालना गर्दै यातायात सञ्चालनको माग गर्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*