२ किलो ५ सय ७० ग्राम लागूऔषध गाँजा सहित १ जना पक्राउ

हेटौडा न्युज
२४ असार २०७८, बिहीबार १८:३६
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ किलो ५ सय ७० ग्राम लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ पशुपतिनगर बस्ने २२ वर्षीय निश्चल थापा रहेका छन् ।

उनलाई बिहिबार दिउँसो ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले विशेष सुचनाको आधारमा उनको घरमा खानतलासी गर्दा थापाको सुत्ने कोठाको खाट मुनि लुकाईछिपाई राखिएको अवस्थामा २ किलो ५सय ७० ग्राम लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त लागूऔषध गाँजा बरामद गरी उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*