शुक्रबार मकवानपुरमा ८९ जनाले जिते कोरोना
मकवानपुर । शुक्रबार मकवानपुरमा ८९ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ८९ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा ११ हजार ६ सय ३४ जनामा कोरोना पुष्टि भएकोमा १० हजार ७ सय ४८ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ७ सय ५४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३२ जनाको मृत्यु भएको छ ।










