शनिबार मकवानपुरमा ३६ जनामा कोरोना पुष्टि
मकवानपुर । शनिबार मकवानपुरमा ३६ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १सय १ जनाको पिसिआर र ३३८ जनाको एन्टिजेन गरी जम्मा ४ सय ३९ जनाको परिक्षण गर्दा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा ११ हजार ६ सय ७० जनामा कोरोना पुष्टि भएकोमा १० हजार ८सय १६ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ७ सय २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३२ जनाको मृत्यु भएको छ ।










