आईतबार मकवानपुरमा २३ जनामा कोरोना पुष्टि
मकवानपुर । आईतबार मकवानपुरमा २३ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७४ जनाको एन्टिजेन परिक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा ११ हजार ६ सय ९३ जनामा कोरोना पुष्टि भएकोमा १० हजार ८ सय ९३ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ६ सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३३ जनाको मृत्यु भएको छ ।










