सोमबार मकवानपुरमा ६० जनाले जिते कोरोना

हेटौडा न्युज
२८ असार २०७८, सोमबार १४:३३
;

मकवापुर । सोमबार मकवानपुरमा ६० जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ६० जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा ११ हजार ७ सय ६७ जनामा कोरोना पुष्टि भएकोमा १० हजार ९ सय ५३ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ६ सय ७५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३३ जनाको मृत्यु भएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*