मकवानपुरको दुई स्थानमा शव फेला
मकवानपुर । जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मंगलबार दुईवटा शव फेला परेको छ ।
हेटौंडा–२ संगमचोकमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । पहिचान नखुलेको अन्दाजी ५०÷५२ वर्षको पुरुष रहेका छन् । संगमचोक स्थित एक घरको पिडिमा बस्दै आएका पुरुष आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
यस्तै बकैया गाउँपालिका वडा नम्बर ३ बकैया खोलास्थित पक्कीपुलमा सलको पासो लगाई एकजनाले आत्महत्या गरेका छन् । मृत फेला पर्नेमा दाङको ववई गाउँपालिका घर भई हाल बकैया ४ तामाखोला बस्ने अन्दाजी ३५ वर्षको भिम बहादुर खत्री रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाएको छ ।










