मंगलबार मकवानपुरमा ६९ जनामा कोरोना पुष्टि
मकवानपुर । मंगलबार मकवानपुरमा ६९ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ९५ जनाको पिसआर र ८१ जनाको एन्टिजेन गरी जम्मा २ सय ७६ जनाको परिक्षण गर्दा ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा ११ हजार ८ सय ३६ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ८ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ६ सय ९५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३३ जनाको मृत्यु भएको छ ।










