निषेधाज्ञाको विषयमा विज्ञहरुसँगको छलफल पछि निर्णय हुन्छ: प्रजिअ पाण्डे
मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले विज्ञहरुसँगको छलफल पछिमात्र निषेधाज्ञाको विषयमा निर्णय गरीने बताएका छन् ।
आज बुधबार हेटौंडा न्युज डटकम सँग कुरागर्दे प्रजिअ पाण्डेले निषेधाज्ञा थप गर्नें नगर्ने विषयमा विज्ञहरु सँगको छलफल पछि मात्र निर्णय हुने बताएका हुन् ।
उनले भने “ निषेधाज्ञा थप्ने नथप्ने विषयमा तत्काल भन्न सकिदैंन , हामी विज्ञहरुसँग छmलफल गछौं । त्यपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको विषयमा निर्णय गर्छ ।”
कोरोना संङ्क्रमण रोकथाम तथा न्यूनिकरणको लागि भन्दै मकवानपुरमा गत बैशाख २१ गतेबाट जारी निषेधज्ञा जारी गरीएको थियो । पछिल्लो पटक खुकुलो बनाउँदै थप गरीएको निषेधाज्ञाको समय असार ३१ राती १२ बजे सकिदै छ ।










