बुधबार मकवानपुरमा ७५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
३० असार २०७८, बुधबार १४:५६
;

मकवानपुर । बुधबार मकवानपुरमा ७५ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ६४ जनाको पिसिआर र ९२ जनाको एन्टिजेन गरी जम्मा २ सय ५६ जनाको परिक्षण गर्दा ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा ११ हजार ९ सय ११ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ७७ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले मवानपुरमा ७ सय १ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*