तोकिए भन्दा बढी भाडा लिने सु्मोलाई कार्वाही
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले तोकिएको भन्दा बढी भाडा लिने सुमोलाई कार्वाही गरेको छ ।
मंगलबार दिउँसो भिमफेदी गाउँपालिका वडा नम्बर ६ भिमफेदीमा यात्रु बोकी हेटौडा बाट काठमाण्डौ जादै गरेको ना १ ज २४६१ नम्बरको टाटा सुमोले तोकिएको भन्दा बढी भाडा लिएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
तोकिए भन्दा बढी लिईएएको भाडा फिर्ता गराई आवश्यक कारवाही गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।










