शुक्रबार मकवानपुरमा ५६ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१ श्रावण २०७८, शुक्रबार १४:३१
;

मकवानपुर । शुक्रबार मकवानपुरमा ५६ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ८४ जनाको पिसिआर र ४८ जनाको एन्टिजेन गरी जम्मा २ सय ३२ जनाको परिक्षण गर्दा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार ५ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार २ सय १६ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले मवानपुरमा ६ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*