शनिबार मकवानपुरमा ६० जनाले जिते कोरोना
मकवानपुर । शनिबार मकवानपुरमा ६० जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ६० जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १२ हजार ५८ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार २ सय ७६ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले मवानपुरमा ६ सय ४८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३४ जनाको मृत्यु भएको छ ।










