भीमफेदीमा ज्योति पुस्तकालय पुनः सञ्चालनमा
मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर –६ भीमफेदी बजार स्थित ज्योति पुस्तकालय पुनः सञ्चालनमा आएको छ ।
२०१० सालमा स्थापना भएको पुस्तकालय २०५० सालको भारी बर्षामा परी क्षति भएपछि बन्द भएको थियो ।
पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेसँगै पुस्तकालय सुचारु भएको हो ।
शनिबार एक कार्यक्रमका बिच भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पुस्तकालयको उद्घाटन गरेका हुन् ।










