आईतबार मकवानपुरमा १५ जनामा कोरोना पुष्टि
मकवानपुर । आईतबार मकवानपुरमा १५ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४४ जनाको एन्टिजेन परिक्षण गर्दा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १२ हजार ७३ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ३ सय ३ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले मवानपुरमा ६ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३४ जनाको मृत्यु भएको छ ।










