आईतबार मकवानपुरमा २७ जनाले जिते कोरोना

हेटौडा न्युज
३ श्रावण २०७८, आईतवार १५:०५
;

मकवानपुर । आईतबार मकवानपुरमा २७ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २७ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार ७३ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ३ सय ३ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले मवानपुरमा ६ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ३४ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*