आईतबार हेटौंडामा ३ सय ८६ जनाले लगाए भेरोसिलको दोस्रो डोज

हेटौडा न्युज
३ श्रावण २०७८, आईतवार १८:२८
;

मकवानपुर । आईतबार हेटौंडामा ३ सय ८६ जनाले कोभिड–१९ विरुद्धको भेरोसिल खोपको दोस्रो डोज लगाएका छन् ।

भेरोसिल खोपको पहिलो डोज लगाईसेका ३ सय ८६ जनाले आज दोस्रो डोज लगाएका हुन् ।

१ सय ३० जना महिला र २ सय ५६ जना पुरुष गरी जम्मा ३ सय ८६ जनाले कोभिड–१९ विरुद्धको भेरोसिल खोपको दोस्रो डोज लगाएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

उपमहानगरपालिकाका १ हजार ८ सय जनालाई भेरोसिल खोपको दोस्रो डोज लगाईने उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*