मकवानपुरमा १ वर्षमा १७ क्विन्टल गाँजा बरामद ,१ सय ५१ जना पक्राउ

हेटौडा न्युज
४ श्रावण २०७८, सोमबार १६:२७
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७७÷०७८ मा विभिन्न समयमा १७ क्विन्टल ८ सय ८९ ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुृरका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को गत वर्षको साउन देखि असार मसान्त सम्मको विवरण सार्वजनिक गरेको हो ।

मकवानपुर प्रहरीले यस अवधिमा २३ किलो ५ सय ५८ ग्राम चरेस , साढे १४ ग्राम खैरो हिरोईन, १४ किलो ७ सय २५ ग्राम अफिम , औषधीजन्य लागुऔषध ८ हजार २ सय ६२ ट्याब्लेट र २ सय ९६ बोत्तल कोरेक्स बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले यस अवधिमा लागूऔषध ओसारपसार गर्ने १ सय ५१ जनालाईं पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा एक सय ३९ जना पुरुष , ९ जना महिला र ३ भारतीय पुरुष रहेका छन् ।

प्रहरीले पक्राउ परेको १ सय ५१ जना मध्ये ९९ जनालाई लागूऔषध गाँजा ओसारपसार सम्बन्धी मुद्धा दर्ता गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*